काठमाडौं । प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई)हरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूले पाउनुपर्ने ग्रेड रकम नपाएको भन्दै उनीहरू सर्वोच्च अदालत पुगेका हुन् ।
प्रहरीबाट राजीनामा दिएर र अवकाश पाएका पूर्ववरिष्ठ सईहरू पनि अदालतमा पुगेका छन् । अवकाश प्राप्त सुफतमान राई, राम करन गुप्ता, सुरेश कुमार राई र ओमप्रकाश शाक्य सहितका जुनियर अधिकृतहरूले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । पुस १६ मा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले कारण देखाऊ आदेश जारी गरेका हुन् ।
बत्यस्तै १४ जना बहालवाला वरिष्ठ सईले दायर गरेको रिटमा भने आज मंगलबार सुनुवाइ हुँदैछ । वरिष्ठ सईले अहिले पाउँदै आएको तलबमा ८ ग्रेड तप सेवा सुविधा पाउनुपर्ने हो। तर उनीहरूले २ ग्रेडमात्रै पाउँदै आएको बताएका छन्। एक दिनको तलब बराबर १ ग्रेड हुन्छ ।
तर उनीहरूले थप ३ ग्रेडको रकम पाउनुपर्ने हो। पूर्व वरिष्ठ सईहरूले बहालमा रहँदा पाउनुपर्ने तर, नपाएको रकम पाउन माग गरेका हुन् । बहालवाला प्रनानीको तलब स्केल अहिले ३५ हजार ६५० छ। तर उनीहरूले पनि पाउनुपर्ने ग्रेडको रकम पाएका छैनन् ।
अवकाश प्राप्त सईहरुले प्रतिमहिना २६२ रुपैयाँको दरले थप ग्रेड रकम भुक्तानी दिनुपर्ने माग गरेका हुन् । अवकाशमा गएकाहरूले ग्रेड रकम मिलान गरेर निवृत्तिभरण दिन माग गरेका छन् । उनीहरूले उपचार खर्च र बिदाको रकम पनि पाउन माग गरेका छन् ।