Logo
Logo

यादवमाथि गोली हानी हत्या प्रयास


- दृष्टि न्युज/संवाददाता

0
Shares

जलेश्वर, १८ फागुन । महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव आइतबार अज्ञात व्यक्तिको गोली प्रहारबाट गम्भीर घाइते भएका छन् । उनको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
बिहान घरबाहिर पिसाब फेर्न निस्केका यादवमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । घटना भएको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी नेतृत्वको प्रहरी टोलीले घटनास्थल पुगी चाइनिज पेस्तोलमा लाग्ने दुई राउण्ड गोलीका खोका र एक राउण्ड गोली बरामद गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्