Logo
Logo

पुस्तकमा मूल्यबृद्धिविरुद्ध नेविसंघको प्रदर्शन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध गरेको छ ।
संघले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्नेलगायतका माग राखी आज आइतबार देशभर विरोध प्रदर्शन गरेको छ ।
नेविसंघले उपत्यकाका त्रिचन्द्र, नेपाल ल कयाम्पस, शंकरदेव, सरस्वती, पाटन, पशुपति, ग्रामीण आदर्शलगायतका क्याम्पस र देशभरका विभिन्न क्याम्पसअगाडि प्रदर्शन गरेको महामन्त्री दीपक भट्टराईले जानकारी, दिए ।
महामन्त्री भट्टराईले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको उल्लेख गर्दै उनले भने, ‘सरकारले जनतालाई राहत दिनुपर्नेमा झन् महँगी बढाउँदै लगेको छ ।’ अर्का महामन्त्री मनोज वैद्यले नेविसंघले राखेका माग सरकारले पूरा नगरे निरन्तर आन्दोलन गर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्