Logo
Logo

प्रधानमन्त्री ओलीलाई मोदीद्वारा स्वास्थ्यलाभको कामना


- दृष्टि न्युज/संवाददाता

0
Shares

File Photo

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनका भारतीइ समकक्षी नरेन्द्र मोदीले स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण हुन लागेकामा मोदीले सोमबार बिहान ट्वीट गर्दै सफल शल्यक्रियाका साथै शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीले ट्विटमा लेखेका छन्, ‘मेरा मित्र केपी शर्मा ओलीजीलाई सफल शल्यक्रिया र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’ उनले भगवान् पशुपतिनाथसँग कामना गर्दै भनेका छन्, ‘तपाईंलाई सधैँ सुस्वास्थ्य, खुशी र दीर्घायुको आशीर्वाद दिऊन् । भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा लैजान तपाईँको निरन्तर योगदान रहन्छ भन्ने विश्वास गरेको छृु ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक यही बधुबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्