Logo
Logo

रौतहट मौलापुर नगरको समृद्ध जीवन र प्रभु शाह


सागर पाण्डेय

1.1k
Shares

हामीले ‘विश्वका मजदुर एक हौँ’ भन्न सिक्यौँ । तर, देशभित्रैका विभिन्न भुगोलका भाषाभाषी नेपाली मातृभुमिका सन्तान हाैँ’ भनेर आत्मसात गर्न सकेनौँ ।

कान्ति राजपथको सम्मो उबडखाबड निर्माणधिन सडक छिचोल्दै ३ बजे काठमाडौंबाट हिँडेका हामी हेटौंडा–अमलेखगञ्ज–तामागढी–हर्नैया हुँदै मिसन मौलापुर पुग्यौँ लगभग ७ घन्टा लगाएर ।

गाउँमा गाँसबासको उचित प्रबन्ध नहोला भनेर फोन गर्दा सिधैं मौलापुर आउने कुरा भयो । उधम अभियन्ता काबिल नारायण पाण्डे, सञ्चार उद्यमी धर्मेन्द्र सापकोटा र म सहितको टिम सोध्दै जाँदा गाउँको बीचमा एउटा ५ तलाको भब्य संरचना देखापर्यो । त्यो नमुना नै रहेछ, बुझ्दा ३० करोड लगानीको बहुउद्देश्यीय भवन रहेछ । त्यहाँ पुगेपछि हामीलाई मौलापुर होटेलमा लगियो, जहाँ बस्ने ब्यबस्था मिलाइएको रहेछ । त्यो ठाँउका लागि त्यो तहको होटेल मान्नुपर्छ, वरिपरि ताल र माछा रिसोर्ट ।

अर्को दिन, सप्ताहब्यापी आइटी आर्मीको कार्यक्रम थियो । आईटी सम्बन्धि ज्ञान, अनुशासन, उद्यमशिलता र देशका चुनौती र उत्तरदायित्व सम्बन्धि कक्षा रहेछन । एक हजारको तयारी गरेकामा आयोजकको प्रचारप्रसार र प्रभु शाहको प्रमुख आतिथ्यता भनेर ४ हजार ४५ सय युवा गाउँगाउँबाट झोला बोकेर आइपुगेका थिए । लाग्छ, त्यत्रा युवा सायद केही सिक्ने हुटहुटीले उपस्थित थिए । हामी त्यो कार्यक्रम छाडेर बिरगंजको पोखरियाको सभामा पुग्याैँ।

लगभग २ हजारको उपस्थिति रहेको त्यो सभामा कति छोटो मिठो कार्यक्रम भयो भन्ने उल्लेखनीय छ, थाहा भयो प्रभु शाह त्यो क्षेत्रमा जननायक नै रहेछन् । मौलापुरको बिकास अनुभव सुन्न लालायित भिड !

त्यसपछि एउटा ग्रामीण गाउँ बस्तीमा गाडी हुइँकियो र टक्क एउटा पुरानो बंगला अगाडि रोकियो, जहाँ गाउँले भलाद्मी र युवाहरूको उपस्थिति थियो । फेरि प्रभु शाहको चर्चा, परिचय छलफलमा देशको वर्तमान अवस्था र समाधानका उपायबारे चर्चा भए ।

मुलुकमा ठूलो बलिदानपछि लोकतन्त्र र गणतन्त्र आएपनि जनताको जीवनस्तरमा समुचित परिवर्तन नआउँदा जनता निरास र किङ्कर्तब्यबिमुढ अवस्थामा रहेको, सरकारमा सामेल पार्टीको गठबन्धन भ्रष्टाचारमा डुबेका कुराले पार्टी सिस्टम नै धरापमा पर्दै गएको आभाष भयो ।

अर्को दिन, हामी नगर घुम्न निस्कियौँ । पहिला हजारौं बर्ष पुरानो महादेव मन्दिर पुग्यौँ । जीर्ण र धरासायी मन्दिर संग्रहालयसहित बनाउने नेतृत्व प्रभु शाहकै रहेछ । आधुनिक बसपार्क, ५ हजारको हाँस फार्म, माछा फार्म र केरा खेतीको छोटो अवलोकन गर्यौँ ।
सरकारी स्कुल भवन ब्यबस्थापन, एकीकृत दलित बस्ती, जहाँ सबै खुशी देखिन्थे । चौडा बाटो, नाली, सौचालय सहितका पक्की घर देख्दा राम्रै शिल्पकार र ठेकेदारको छनोट स्पष्ट हुन्छ । ठाँउ ठाँउमा सडक खोलिएको छ । नगरबासी सो ठाँउ छाडेर बाहिर जाँदैनन । र, गएका पनि फर्किएर आएको जानकारी आयो ।

औषधिपचार, मालपोत, बिजुली, पानी र सिफारिस निःशुल्क गरेको रहेछ नगरपालिकाले । नगर प्रमुख रिना साह पनि लोकप्रिय नै रहिछन् । त्यतिमात्रै होइन, एउटी चेलीको बिहे हुँदा ३० हजार अनुदान पनि रहेछ । चोक चोकमा लाइट, सिसिटिभी, बृक्षरोपण पनि ठाँउ र मौसम अनुसारको, हामी छक्क पयौँ ।

साँच्चिकै बजेट सहि ठाउँमा ठिक तरिकाले प्रयोग भए ठाउँले काचुली फेर्ने रहेछ । देशमा दुरदर्शी र बिकासप्रेमी नेता भए जनता सुखी हुने रहेछन भन्ने उदाहरणीय सन्देश मौलापुरले दियो ।

२७ हजार ग्यास चुल्हो र सिलिन्डर बितरण, १४ हजार साइकल बितरण गरेका प्रभु शाह स्कुले विद्यार्थीको चुल्होदेखि भविस्य निर्माणसम्म पुगेका छन् । बिना बजेट र मुहावजा ३०० किमि सडक खनेका छन् । अझै बजेट र समय पाए के गर्दैन्थे भन्ने झल्किन्छ । देख्न र लेख्न विधि नपुगेपनि यात्रा छोट्याएर फर्किदा संविधानसभा सदस्य तिलक थापाका कार्यानुभव सुन्दै आयौँ ।

लाग्छ, प्रभु शाह माओवादीबाट नेकपा हुँदै स्वतन्त्रबाट चुनाव जितेर आएका सांसद र नयाँ पार्टी आम जनता पार्टीका अध्यक्ष हुन् । तर, उनको लगातार जित नै बिकासको कारण रहेछ भन्न कर लाग्छ, मौलापुरको बिकास देशब्यापी हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्