Logo
Logo

गाउँगाउँ पुग्दै एनएलजी इन्स्युरेन्स सल्यान शाखा


567
Shares

काठमाडौं । एनएलजि इन्स्युरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले सल्यानको बागचौर नगरपालिका-१ गैराबेदमा कृषि तथा पशुपन्छी बिमासम्बन्धी छलफल गरेको छ । 

इस्न्योरेन्सका सल्यान शाखा प्रमुख अनुराग बोहरा को अध्यक्षतामा बिहीबार उक्त छलफल आयोजना गरेको हो । कार्यक्रममा अध्यक्ष बोहराले कृषि तथा पशुपन्छी बीमाका प्रावधान र महत्वका बारेमा जानकारी गराएका थिए । 

बागचौर नगरपालिका–१ वडाअध्यक्षले गंगाराम बस्नेतले मान्छेको बिमा मात्रै नभएर पशुपन्छी तथा कृषि बिमा गर्नुपर्ने महत्त्वपूर्ण कुरा बताए । उनले आफ्नो वडाका कृषकहरूलाई वडाबाट नै बजेट छुट्टाइएर कृषि तथा पशुपन्छी बीमा अगाडि बढाउने प्रतिबद्धता  समेत गरे ।
 
आइएमी लाइफ  इन्सुरेन्सका सल्यान शाखा प्रमुख भरत रोकायले यसरी कृषकको टोल टोलमा घर घरमा पुगेको एनएलजीबाट विश्वस्त भई बिमा गर्न अनुरोध गरे । 

त्यसैगरी शिक्षक साथै सल्यानी बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक कृष्णबहादुर बस्नेतले शाखा प्रमुख अनुराग बोहराको सहजिकरणका कारण ५ ओटा बीमा दाबी बापको चेक एकैपटक भुक्तानी पाइ पछिल्लो समय विश्वस्त भएर बीमा बनाइ राखेको कुरा व्यक्त गरे ।

कार्यक्रममा  वडाअध्यक्ष, स्थानीय शिक्षकहरू तथा कृषक लगाउन ५८ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्