काठमाडौं । काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा तीन जना घाइते भएका छन् ।
सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी हुन पुगेकाहरू टुँडिखेल प्रवेश गर्ने क्रममा अनियन्त्रित बनेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार भीड अनियन्त्रित हुँदा तीन जान घाइते भएका छन् । प्रहरीले भीड नियन्त्रण गर्न लाठी चार्जसमेत गरेको थियो । घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ ।
टुडिखेलमा माघे सङ्क्रान्ति अवसरमा गरिएका दुई वटा कार्यक्रमले गर्दा उपत्यकाको मुख्य व्यस्त हुने सडक सुन्धारा क्षेत्रमा जामले अस्तव्यस्त पनि भएको छ ।
सडक अस्तव्यस्त हुँदा आवत–जावत हुने मुख्य क्षेत्र सुन्धारा क्षेत्रमा यात्रुहरु बिचल्ली परेका छन् ।