Logo
Logo

बैतडीमा बस दुर्घटनामा पाँच घाइते


- दृष्टि न्युज/संवाददाता

0
Shares

बैतडी, २१ फागुन । महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीमा आज बिहान बस दुर्घटना हुँदा पाँच घाइते भएका छन् । घाइते हुनेमा बैतडी सुर्नयाका २२ वर्षीया विनिता कुँवर (टेर), दार्चुला ब्यासका ३३ वर्षीया बिन्दु कुँवर, ५५ वर्षीया गोविन्दी कँुवर, दार्चुला दुहुका ३० वर्षीय ललित बोहरा र २४ वर्षीय महेश बडाल छन् ।
घाइतेको बैतडी र दार्चुलाका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । घाइतेको प्रहरीचौकी खोचलेकका प्रहरी सहायक निरीक्षक शंकरदत्त भट्टको टोलीले उद्धार गरेको हो । बसमा सवार ४० जना रहेको भए पनि अन्यको अवस्थामा सामान्य रहेको छ ।
महेन्द्रनगरदेखि गन्ना जाँदै गरेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस न्वालीमा आज बिहान ५ बजेतिर एक्कासि नालीमा पल्टिन गई दुर्घटनामा परेको हो । बस चालक दीपक बोहरा प्रहरी नियन्त्रणमा रहेका छन् । ओरालो बाटोमा गति अनियन्त्रित हुँदा बस दुर्घटनामा परेको चालकले प्रहरीसमक्ष बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्