काठमाडौं । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले आज ( शुक्रबार) होटल हायातमा एक समारोहबीच सील अत्याधुनिक कार सार्वजनिकक गरेको छ ।
उक्त अवसरमा बिवाइडी चीन र भारतबाट पनि सहभागिता जनाइएको थियो । कार्यक्रममा नेपालका प्रतिष्ठित उद्योगी, व्यापारी, बैंकरको ठूलो संख्यामा उपस्थिति थियो ।
कार्यक्रमको लागि कम्पनीले चार वटा सील इभी कार नेपाल ल्याएको छ । सील टेस्ट ड्राइभ गर्ने उपभोक्ताहरुले उक्त कार लक्जरी र अत्याधुनिक मोडल भएकोले मन पराएका छन् । गाडीको मूल्य १ करोड ५ लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
यसमा ८२.५ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ । सो ब्याट्रीले एक पटकको फुल चार्जमा ५७० किलोमिटर रेन्ज प्रदान गर्छ । यो कार सेल–टु– बडी टेक्नोलोजीमा निर्माण भएको छ ।
यसमा पनि बीवाइडीको ब्लेड ब्याट्री छ । यो गाडी अल न्यू बीवाइडी ई–प्लाटफर्म ३.० डिजाइनमा उत्पादन गरिएको कम्पनीले जनाएको छ ।
टेस्लालाई उछिन्दै बीवाइडी
बीवाइडीले एक वर्षमा ३० लाखभन्दा बढी नयाँ गाडीहरु विश्व बजारमा बिक्री गरेको जनाएको छ । जसमा ब्याट्रीबाट संचालन हुने सवारीसाधन र हाइब्रिडहरू समावेश छन् । कुल बिक्रीमध्ये लगभग १६ लाख गाडी ब्याट्रीबाट चल्ने रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै कम्पनीले पछिल्लो तीन महिनामा ५ लाख २६ हजार युनिट इभी बिक्री गरेको छ । विवाइडी इभी उत्पादन गर्ने चीनको प्रमुख कम्पनीमध्ये पर्छ । कम्पनीले सन् २०२३ को अन्तिम साता तीन महिनामा ५ लाख २६ हजार युनिट इभी बिक्री गरेको विवरण सार्वजनिक गरेको हो ।
साथै, कम्पनीले नेपालमा पनि सन् २०२३ मा २ हजार ८१ युनिट गाडी बिक्री गरेको छ । यो नेपालमा आयात हुने अन्य ब्रान्डको भन्दा धेरै हो । बीवाइडीले विश्वमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारी उत्पादक कम्पनी एलन मस्कको टेस्लालाई पछि पार्ने अनुमान गरिएको छ ।
टेस्लाले सन् २०२३ को अन्तिम तीन महिनामा करिब ४ लाख ८३ हजार मात्रै विद्युतीय सवारीसाधन बेचेको थियो । टेस्ला लक्जरियस तथा प्रिमियम सेग्मेन्टमा पर्ने भएकाले गाडीको मूल्य अन्य भन्दा महँगो छ । यो ब्रान्डको गाडीको मूल्य नेपालमा एक करोडदेखि २ करोडसम्म पर्ने गरेका छन् । बीवाइडीको ४० लाखदेखि ६६ लाख रुपैयाँ पर्ने मोडलका गाडीहरु मात्र नेपालमा उपलब्ध छन् । जसमध्ये ई–रिक्सा, अटो थ्री र डल्फिन कार सबैको रोजाइमा परेको छ ।
‘वेष्ट वाई कार अफ यरोप’
बीवाइडीको डल्फीन कारले युरोपकै प्रतिष्ठित अवार्ड ‘वेष्ट वाई कार अफ यूरोप–२०२४’ अवार्ड जित्न सफल भएको छ । यो अवार्ड युरोपभर बिक्री हुने कारहरुमध्ये उत्कृष्टलाई ‘अटोवेष्ट’ले प्रदान गर्दै आएको छ ।
डल्फीनले ठूला कार निर्माताका बलिया प्रोडक्टलाई उछिन्दै उक्त प्रतिस्पर्धामा अवार्ड हात पार्न सफल भएको हो । उक्त प्रतिस्पर्धामा हुन्डाई कोना र जीपको एभेन्जर सहभागी भएका थिए ।
अष्ट्रियाको टिसडार्फ सहरमा भएको प्रतिस्पर्धामा ‘डल्फिन’ प्रथम भएको थियो । त्यसको लागि यूरोपभरका ३१ देशबाट आएका अटोवेष्ट पत्रकारहरुले मतदान गरेर डल्फीनलाई अवार्ड दिएका हुन् । उनीहरुले डल्फीनलाई फिचर लोडेड क्याविन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरीय प्रविधिको प्रयोग भएको पर्फेक्ट कारको संख्या दिएका थिए ।
त्यसमा सुरक्षित र सफल ब्लेड ब्याट्रीको प्रयोगले सुरक्षामा नयाँ मानक स्थापित गरेको मानिएको छ । त्यसैले डल्फीनले २०–०५७ अंकसहित पहिलो स्थान सुरक्षीत गर्न सफल भयो ।
अटोवेष्टका जुरीले पहिलो पटक कुनै पनि बीवाइडीको मोडललाई ‘वेष्ट वाई कार अफ यूरोप २०२४ को अवार्ड दिएको हो । अवार्ड दिएपछि अटोवेष्टका अध्यक्ष भान भार्डीले भने, ‘बीवाइडी डल्फीनले बजारमा आएदेखि नै उत्कृष्ट पर्फमेन्स दिएको छ । र, सबैको रोजाइमा परेको छ ।
हामीले दशककै सन्तुलित अटोवेष्ट प्रतिस्पर्धा गराएका छौं । यसमा डल्फीनले एक विद्युतीय साधनको रुपमा योग्य भएर शिर्ष उपाधि जित्न सफल भएको छ’, अध्यक्ष भार्डीले भने ।
नेपालमा उपलब्ध सबैभन्दा सस्तो कार ‘डल्फिन’ हो । जुन कार मध्यम वर्गका कर्मचारीहरुलगायत खासगरी महिलाको रोजाइमा पर्ने गरेको छ ।