काठमाडौं । विश्वभरि नोबल कोरोनाभाइरस (कोभिड–१९) फैलिँदै गएकोे तथा मुलुकमा पनि भाइरस संक्रमणमा जोखिम बढ्दै गएको सन्दर्भमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक, कर्मचारी, सरोकारवाला तथा समग्र देशवासीहरूप्रति चासो÷सरोकार व्यक्त गरेको छ ।
बैंकले यसै विषयलाई मध्यनजर गर्दै कोरोनाभाइरसको विस्तारविरुद्धको रोकथामसम्बन्धी उपायहरू अबलम्बन गर्न सुरु गरिसकेको छ । बैंकिङ सेवा लिन आउने ग्राहकहरुको सुरक्षाका लागि कार्यालय परिसरको प्रवेश र निकासद्धारमा सेनिटाइजेसन र बच्ने उपायहरु उल्लेख गरिएको सूचना टासिएको छ । सबै ग्राहकहरुलाई कार्यालय प्रवेश गर्दा उपलब्ध गराइएको सेनिटाइजेसन प्रयोग गरी भाइरस प्रभावित हुनबाट सतर्क रहन अनुरोध गरेको छ ।
विश्व स्वास्थ्य संगठनद्वारा गरिएका सिफारिस र सुरक्षा उपायहरूलाई ध्यानमा राखी नेपाल सरकारले जारी गर्ने सुरक्षा र रोकथामसम्बन्धी निर्देशनहरूको पालना गर्न नेपाल इन्भेष्टमेन्ट बैंक समग्र देशवासीहरूलाई अपिल गरेको छ ।