काठमाडौं । कुमारी बैंक लिमिटेडले सत्यवती–०४, लिम्घा, गुल्मीमा आफनो २२औं शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । सत्यवती गाउ‘पालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवालीद्वारा संयुक्तरुपमा एक समारोहबीच शाखारहित बैंकिङ सेवा उद्घाटन सम्पन्न गर्नुभयो । उक्त उद्घाटन बैंकका डेपुटी सिइओ– उमेशसिंह भण्डारी, भमिलाल पौडेल, चेम्बर ओफ कमर्स–प्रदेश नं. ५ का इन्चार्ज अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिमाझ सम्पन्न भएको हो ।
विगत १९ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदँै आएको कुमारीले आफ्ना देशभर रहेका १२३ शाखा सञ्जाल, ११९ एटिएम, ६ एक्सटेन्सन काउन्टर तथा २२ शाखारहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।