काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, टिकापुरस्थित वीरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक कर्मचारीहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा निक्षेप, कर्जा लगानी र यसको सदुप्रयोग, आधुनिक बैंकिङ, डिजिटल बैंकिङ तथा मोबाइल बैंकिङ र रेमिट्यान्स कारोवारसम्बन्धी जानकारी उपलब्ध गरिएको थियो । उक्त कार्यक्रममा वीरेन्द्र विद्यामन्दिर क्याम्पसका क्याम्पस प्रमुख हर्क भण्डारी र बैंकको टिकापुर शाखाका शाखा प्रमुख प्रकाशदत्त भट्टको उपस्थिति रहेको थियो ।