Logo
Logo

नेपालबाट सबैभन्दा बढी चिनियाँ र अमेरिकी नागरिक निष्कासन


1.5k
Shares

काठमाडौं । नेपालले पछिल्लो ६ महिनाको अवधिमा ३७ देशका २५१ विदेशी नागरिकलाई निष्कासन गरेको छ ।

अध्यागमन विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिना (साउन–पुस)को अवधिमा उनीहरूलाई निष्कासन गरिएको हो ।

भिसा समयभन्दा बढी बस्ने, नक्कली राहदानी तथा भिसामा आउने, विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएका लगायतको आरोपमा उनीहरूलाई नेपालबाट निष्कासन गरिएको हो ।

२०८० साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालले निष्कासन गरेका विदेशीमा सबैभन्दा ठूलो संख्या चिनियाँ र अमेरिकी छन् ।

अध्यागमन विभागले जारी गरेको पछिल्लो ६ महिनाको विवरणमा उक्त अवधिमा नेपालले १४४ चिनियाँ र २४ अमेरिकीलाई निष्कासन गरेको छ ।

पछिल्लो ६ महिनाको अवधिमा नेपालले बेलायतका १४, बंगलादेशका १०, क्यानडाका ६, उज्वेकिस्तानका ६, श्रीलंकाका चार, जर्मनीका तीन, फ्रान्सका तीन र इटालीका तीन नागरिकलाई विभिन्न आरोपमा निष्कासन गरेको छ ।

यस्तै, सोही अवधिमा दक्षिण कोरिया, रुस, भियतनाम, नेदरल्याड, जापान, युक्रेन र अष्ट्रेलियाका दुई÷दुई नागरिकलाई निष्कासन गरिएको छ ।

विभागका अनुसार पाकिस्तान, क्यामरुन, सुडान, पोर्चुगल, भुटान, नाइजेरिया, इन्डोनेसिया, हङकङ, युगाण्डा, डेनमार्क, सिंगापुर, ताजकिस्तान, लेबनान, थाइल्याण्ड, नर्वे, स्पेन, स्वाजील्याण्ड, मङ्गोलिया र जोर्डनका एकरएक नागरिक पनि निष्कासन हुनेमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्