Logo
Logo

माछापुच्छ्रे बैंकद्धारा विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग


378
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरूलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ ।

बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित शारदा नपा वडा नं १५, माल्नेटामा रहेको श्री त्रिभुवन जनमाध्यामिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी न.पा.वडा नं.०६, बडेहाँ स्थित श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न दुबै विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

त्यसैगरी बैंकले बाग्मती प्रदेशको का.म.न.पा. वडा नं. ४ लम्टङ्गीनस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्ने सम्झौतामा हस्ताक्षरसमेत गरेको छ । विद्यालय सञ्चालनका लागि अतिआवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समस्या भइरहेको जानकारी पाएपश्चात बैंकले उक्त दुई सरकारी विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधार निर्माण गर्ने निर्णय गरेको हो ।

२८९ जना विद्यार्थी एंव १८ जना शिक्षक÷कर्मचारी कार्यरत श्री त्रिभुवन जन माध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएकामा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाइप जलेर आपूर्ति बन्द हुनेलगायतका समस्या भोगिरहेको छ भने १८०० भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक÷कर्मचारी कार्यरत श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराव रहेको हुदाँ विद्यार्थी एंव शिक्षकहरुले समस्या भोगिरहनुपरेको बैंकले जनाएको छ ।

विद्यालयको पुर्वाधार निर्माण गर्ने सम्बन्धि सम्झौता पत्रमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता बमोजिम बैंकले त्रिभुवन जन मावि परिसरमा खानेपानी सुविधाका लागि आवश्यक पूर्वाधार र शैलेश्वरी उमावि परिसरमा शौचालय निर्माण गरी हस्तान्तरण गर्ने जनाएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिकाको नमुना विद्यालयको वर्गिकरणमा परेको पञ्चकन्या आधारभूत विद्यालयमा आवश्यक सभाहलको अभावका कारण विभिन्न शैक्षिक कार्यक्रमहरुको आयोजनामा समस्या देखिएको भन्दै सभाहल निर्माणमा सघाउन आएको आग्रह अनुसार बैंकले उक्त स्कुलमा सभाहलको निर्माण गर्ने निणर्य गरेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकासलगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्