Logo
Logo

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संचालकमा ६ जना निर्विरोध


504
Shares

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा ६ जना संचालक निर्विरोध चयन भएका छन् । कम्पनीको बिहिबार भएको छैटौं साधारण सभाबाट कोइराला, केडिया, श्रेष्‍ठ र तोदी निर्विरोध निर्वाचित भएका हुन् ।

संस्थागत शेयरधनीहरूबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुबाट २ जना निर्विरोध चयन भएका हुन् । संचालकमा संस्थापक शेयरधनीका तर्फबाट कुमारप्रसाद कोइराला, रतनलाल केडिया, डा. सुवर्ण दास श्रेष्ठ र भरत कुमार तोदी निर्वाचित भएका छन् ।

सर्वसाधारण शेयरधनीका तर्फबाट केशवराज केसी र परिक्षित खेम्का निर्विरोध निर्वाचित भएका छन् । संचालक समितिमा श्रेष्‍ठ, तोदी, केसी र खेम्का दोहोरिएका हुन् ।

साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदनसहित साबिक सानिमा लाइफ इन्स्योरेन्स तथा रिलायन्स लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्