Logo
Logo

१०५ रुपैयाँमै सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा


2.1k
Shares

काठमाडौं । सिटिजन्स बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरूको ४० हजार बढी कित्ता सेयर बिक्री गर्ने भएको हो ।

जसमा बैंकका संस्थापक सेयरधनी क्षितिज भुषालको नाममा रहेको ४० हजार २३७ कित्ता सेयर बिक्रीमा राखिएको छ । उक्त सेयरको मूल्य प्रतिकित्ता १०५ रुपैयाँ तोकिएको बैंकले जनाएको छ ।

बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ ।

बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्