Logo
Logo

जिप दुर्घटनामा चालकको मृत्यु, ६ घाइते


- दृष्टि न्युज/संवाददाता

0
Shares

धनगढी, २५ फागुन । धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने ६ घाइते भएका छन् ।
बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयका अनुसार पाटन नगरपालिका–६ पनतोलीमा सो जिप आइतबार बिहान सडकबाट २५० मिटर तल खसेर दुर्घटना परेको थियो ।
मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडाल रहेका छन् । त्यस्तै, घाइते हुनेहरुमा दार्चुला दुहु–४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१ वर्षीय प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्