काठमाडौं । नेपाल भ्रमणमा रहेको चीनका उपमन्त्री सुन हायान नेतृत्वको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग शिष्टाचार भेटवार्ता गरेको छ ।
रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा भएको भेटमा दुई पक्षीय चासो र हितका विषयमा कुराकानी भएको थियो । दुबै नेताले नेपाल र चीनबीचको सम्बन्धलाई प्रगाढ बनाउन तथा दुई राजनीतिक दलबीच थप सम्बन्ध विस्तार गर्नेबारे छलफल बताइएको छ ।