Logo
Logo

नेकपा तनहुँको तीनमहिने सुदृढीकरण अभियान


- दृष्टि न्युज/संवाददाता

0
Shares

दमौली, २६ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी तनहुँले तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टीको हालै सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी चैत १ गतेदेखि जेठ मसान्तसम्म पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टीको तल्लो तहसम्मका कार्यकर्तामा उत्साह भर्न र जनतासँगको सम्बन्धलाई सुमधुर बनाउन सुदृढीकरण अभियान सञ्चालन गर्न लागिएको पार्टीका जिल्ला अध्यक्ष केदार सिग्देलले जानकारी दिए ।
उनका अनुसार अभियानका क्रममा वडास्तरसम्म भेला, बैठक, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिनेछ । सुदृढीकरण अभियानका क्रममा पार्टी एकता तथा सरकारले गरेका राम्रा कामको प्रचारप्रसारसमेत गराइनेछ ।
बैठकले मिर्गौला प्रत्यारोपण गराएका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै कोरानो भाइरसविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको प्रतिनिधिसभा सदस्य समेत रहेका अध्यक्ष सिग्देलले बताए ।
नेकपा गण्डकी प्रदेश सहइन्चार्ज एवं पार्टीका स्थायी कमिटी सदस्य किरण गुरुङले अभियानलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न आग्रह गरे । पार्टी र सरकारको विषयमा विपक्षीले फैलाएको भ्रम चिर्दै जनतामा सत्यतथ्य सूचना प्रवाह गर्नुपर्नेमा उनले जोड दिए ।
नेकपाका केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज हरिबहादुर चुमानले जिल्लाका १० वटै स्थानीय तहमा सुदृढीकरण अभियानलाई प्रभावकारीरूपमा सञ्चालन गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्