काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको भातृ संस्था नेविसंघले सरकारलाई दबाब दिन भन्दै हस्ताक्षर अभियान थालेको छ ।
नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हक र धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकका रुपमा मौलिक हकका रुपमा ग्यारेन्टी गरेतापनि संवैधानिक ब्यवस्था अनुरुप नागरिकले अनुभूत गर्न नपाएको भन्दै आजदेखि नेविसंघले हस्तक्षार संकलन अभियान सुरु गरेको हो ।
नेविसंघका मागहरु तत्काल पूरा गर्न र संविधान कार्यन्वयनको लागि दबावमूलक हस्ताक्षर संकलन सुरु गरेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य विकास भण्डारीले जानकारी दिए ।
के एन्ड के कलेज बानेश्वरबाट सुरु गरिएको अभियान काठमाडौंका विभिन्न कलेज कलेज, क्याम्पसहरुमा गइ हस्तक्षार संकलन गरि शिक्षा मन्त्रालयमा बुझाउने उनले बताए ।