Logo
Logo

स्वास्थ्यकर्मीको भेषमा अस्पतालमा घुसेर इजरायली सेनाले मारे प्यालेस्टाइनी


2k
Shares

एजेन्सी । इजरायली सेनाले डाक्टरको भेषमा पसेर वेस्ट बैंकको एक अस्पतालमा तीन जनाको हत्या गरेको छ । आतंकवादी हमलाको योजना बनाएको भन्दै इजरायली सैनिकहरूले वेस्ट बैंकको जेनिनस्थित इब्न सिना अस्पतालमा स्वास्थ्यकर्मीको भेषमा पसेर ती व्यक्तिहरूको हत्या गरेका हुन् ।

प्रहरी र सेनाका अनुसार मारिएका मध्ये दुई जना हालैका हिंसात्मक घटनामा संलग्न रहेको बताइन्छ । इजरायली सीमा प्रहरीले बलको गुप्त इकाईले गरेको कारबाहीमा तीन प्यालेस्टिनी बन्दुकधारी मारिएको जनाएको छ । सेनाले तीमध्ये एक हमास सदस्य रहेको बताएको छ । जसको बारेमा भनिएको छ, ‘अक्टोबर ७ मा भएको नरसंहारबाट प्रेरित भएर आक्रमण गर्ने योजना बनाइरहेका थिए ।’

हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेको थियो । यसपछि इजरायलले जवाफी कारबाही गर्दै हमासमाथि हमला जारी राखेको छ । त्यसपछि वेस्ट बैंकमा हिंसा बढ्यो जुन अझै जारी छ ।

प्रतिक्रिया दिनुहोस्