नवलपुर । कांग्रेस चितवनका नेता एवं पूर्वमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ । आज दिउँसो नवलपुरको गैँडाकोट नगरपालिका– ५ कालीगण्डकी चोकमा पूर्वमन्त्री पौडेल सवार ना.४६प ७७५९ नम्बरको मोटरसाइकललाई ग.१ख ८५४७ नम्बरको बसले ठक्कर दिँदा कांग्रेसका नेता एवं पूर्वमन्त्री पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
साढे १२ बजेतिर दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा आज दिउँसो १ बजेतिर जिल्ला सरकारी अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा निधन भएको हो । ठक्कर दिने बस र बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।