Logo
Logo

बाँसबारी जग्गा प्रकरण: नातेदार पक्राउपछि राष्ट्रपतिका सल्लाहकार सीआईबीमा


14k
Shares

काठमाडौं । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पुगेका छन् ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा आफ्ना नातेदार समेत पक्राउ परेपछि उनी सीआईबीमा पुगेका हुन् ।

बिहीबार अपराह्न सीआईबी पुगेका उनले सीआईबीकी प्रमुख किरण बज्राचार्यसँग भेट गरेका छन् । बिहीबार नै पक्राउ परेका अजित नारायणसिंह थापा उनको नातेदार भएको बताइएको छ ।

सुनिल थापा कांग्रेस नेता तथा पूर्वमन्त्री समेत हुन् भने आफन्त पक्राउ परेसँगै हतारहतारमा सीआईबी पुगेका हुन् ।

पक्राउ परेका थापा छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष हुन् भने सोही प्रकरणमा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाको सञ्चालक समितिका वर्तमानअध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्