Logo
Logo

मकवानपुरको सीमभञ्ज्याङ र दामनमा हिमपात


693
Shares

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएको छ । दामन सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि स्थानीय किसान, होटल व्यवसायीलगायत खुसी भएका छन् ।

इलाका प्रहरी कार्यालय थाहानगरका प्रहरी निरीक्षक यम थापामगरले सीमभञ्ज्याङ क्षेत्रमा बिहीबार साँझदेखि हिमपात सुरु भएको बताए ।

दामन सीमभञ्ज्याङ क्षेत्रबाट हिश्रृङ्खलासमेत अवलोकन गर्न सकिन्छ । पछिल्लो समय थानकोटबाट चन्द्रागिरि हुँदै चित्लाङ, कुलेखानी मार्खु, बज्रवाराही, टिस्टुङ, पालुङबाट दामन सीमभञ्ज्याङसम्म साइकलमा यात्रा गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्