काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
बैंकले बढ्दै गइरहेको जाडो मौसमलाई मध्यनजर गरेर आर्थिक अवस्था कमजोर रहेका कोशी प्रदेशको उदयपुर जिल्लास्थित श्री आधारभूत विद्यालय (इसिडी–८)सिवाई बेल्हा, त्यस्तै श्री माध्यमिक विद्यालय कालिखोलाका विद्यार्थहरुलाई विद्यालय पोशाक अनुसारको रङको स्वीटरहरु वितरण गरेको हो ।
यसैगरी बैंकले मधेश प्रदेशको सिरहा जिल्लास्थित श्री जनता आधारभुत विद्यालय मिर्चैयामा अध्ययनरत विद्यार्थीहरुलाई पनि जाडोको न्यानो स्वीटर हस्तान्तरण गरेको छ । बैंकले विद्यालयहरुसँगण्को समन्यवमा ती विद्यालयहरुमा अध्यनरत विपन्न, गरिब तथा जेहेन्दार बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै जम्मा ३१० थान स्वीटर वितरण गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका सातै प्रदेशहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका अन्य कामहरुमा स्थानीय निकायहरुसँग सहकार्य आइरहेको छ ।