काठमाडौं । टेस्ला डाइगोनोस्टिक र नबिल बैंकबीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ । सम्झौताअनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी र कर्मचारी निकट परिवारले क्लिनिकका विविध सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।
बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंकतर्फ प्रमुख कार्ड शाखा सनत पौडेलले हस्ताक्षर गर्नुभएको थियो । सम्झौतासाँगै अब नबिल बैंकका सेवाग्राहीले क्लिनिक सेवामा बिशेष सहुलियत प्राप्त गर्नेछन् भने यसबाहेक बैंकको स्वास्थ्य सचेतनामा क्लिनिकले सहकार्य गर्ने भएको छ ।
बालुवाटारमा अवस्थित क्लिनिकमा सुलभ खर्चमा स्तरीय सेवा प्राप्त गर्न सकिने र स्वास्थ क्षेत्र उदाहरणीय सेवा परिस्कृत गर्ने उद्देश्यले स्थापित क्लिनिकले देशको ठूलो जनसंख्या समेटेको नबिल बैंकसँग सहकार्य गरेको हो । नबिल बैंकले ११८ शाखा, १७६ एटिएमको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टका साथमा देशव्यापीरुपमा र विश्वभर धेरै एजेन्टमार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरसँगै अघि बढ्ने विश्वास राखेको छ ।