Logo
Logo

लेखापरीक्षक र कर्मचारी घुससहित पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २९ फागुन ।
कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थी र उनलाई घुस दिने एक लेखा परिक्षक घुससहित पक्राउ परेका छन् ।

अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुबाट काम सहज गरिदिए बापत नायब सुब्बा पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठ पक्राउ परेका हुन् । श्रेष्ठले पन्थीलाई घुस दिएको पाँच हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ । आयोगबाट खटिने सूक्ष्म टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्