Logo
Logo

भक्तपुरका ६ अस्पताललाई ‘आइसोलेशन वार्ड’ स्थापना गर्न निर्देशन


- दृष्टि न्युज/संवाददाता

0
Shares

भक्तपुर, २९ फागुन । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका ६ अस्पताललाई ‘आइसोलेशन वार्ड’ स्थापना गर्न निर्देशन दिएको छ ।
नगरपालिकाले जिल्लामा सञ्चालन भएका भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, डा. इवामुरा मेमोरियल अस्पताल, सिद्धि स्मृति महिला तथा बाल अस्पताल र जनस्वास्थ्य केन्द्रलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएमा स्वास्थ्य परीक्षण गर्न छुट्टै श्ययाको व्यवस्था गर्न पत्राचारमार्फत निर्देशन दिएको हो ।
नगरपालिकाले कोभिड–१९ को संक्रमण विश्वव्यापी रुपमा पैmलिरहेको र छिमेकी मुलुकमा यसको प्रभाव बढ्दै जाँदा नेपाल पनि उच्च जोखिममा रहेको ठहर गर्दै यसको संक्रमणप्रति सजगता, रोकथाम तथा नियन्त्रणका लागि यस नगरपालिका क्षेत्रभित्र रहेका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा उपलब्ध क्षमतालाई ध्यानमा राखी आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने गरी आवश्यक न्यूनतम मात्रामा छुट्टै श्ययाको व्यवस्था मिलाउन अस्पताललाई पत्राचार गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
भक्तपुरमा कोरोना संक्रमित व्यक्ति भेटिए बिरामीको प्रारम्भिक जाँच, परीक्षण गर्ने र सघन जाँच परीक्षण गर्नुपर्ने देखिएमा प्रादेशिक तथा केन्द्रीय अस्पतालमा सिफारिस गरी पठाउने व्यवस्था गर्न तथा कोभिड–१९ को संक्रमण, यसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिएको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्