काठमाडौं । ‘इनर्जी ड्रिंक’मा रेडबुलले एकलौटी बजार बनाएको बेला सरकारले २०७६ असार २ मा राजपत्रमा सूचना प्रकाशन गरी इनर्जी ड्रिंक आयातमा प्रतिबन्ध लगायो । प्रतिबन्धपछि गोर्खा ब्रुअरीअन्तर्गत जीबी मार्केटिङले आयात बन्द नै ग¥यो । तर, अवैध आयात भने ह्वात्तै मौलायो । अनेकौं इनर्जी ड्रिंक बजारमा छ्यापछ्याप्ती भए । अवैध मार्गबाट आयात गरिएका यस्ता उत्पादनको जवाफदेही कोही थिएन । उपभोक्ता मूल्य पनि अनियन्त्रित थियो ।
यसअघि नेपालमा रेडबुलको संस्थागत आयात तथा बिक्री २०१० मा सुरु भएको हो । जीबी मार्केटिङले आधिकारिक रूपमा आयात र बिक्री सुरु गरेको पहिलो वर्ष नै ४÷५ लाख कार्टुन आयात भएको थियो भने २०१५ मा आइपुग्दा बिक्री दोब्बर भएको थियो । २०१८ मा लगभग २४ लाख कार्टुन आयात भएको थियो ।
आयात प्रतिबन्धपछि खेतान ग्रुपले स्वदेशमै रेडबुल उत्पादन गर्ने योजना बनायो । करिब ४ वर्षको तयारीपछि थाइल्यान्डको योविध्या परिवारको स्वामित्व रहेको टीसीपी समूहले फ्रेन्चाइज सहकार्यमा सरस बेभरेजले नेपालमै रेडबुलको उत्पादन सुरु ग¥यो । मूलतः नेपालको पानी उच्च कोटीको रहेको निष्कर्ष निकाल्दै टीसीपी समूहले फ्रेन्चाइज कम्पनी खोल्न अनुमति दिएको सरस बेभरेजको जनाएको छ ।
बजारमा उपभोक्ताको माग बढ्यो । तर, अबैध रुपमा गुणस्तरहीन उत्पादन आए । कम्पनीहरू पनि दिगो लगानीसहित आएका थिएनन् । ब्रान्ड पनि थरीथरीका थिए । गुणस्तरीय इनर्जी ड्रिंक उपलब्ध गराउन ४ वर्षको प्रयासपछि स्वदेशमै उत्पादन सुरु गरेको हो ।
अर्थमन्त्री प्रकाशशरण महतले गत मंसिर ५ गते फ्याक्ट्री उद्घाटन गरेपछि औपचारिक रुपमा रेडबुलको उत्पादन सुरु भएको छ । रेडबुल ब्रान्ड १ सय ७० मुलुकमा प्रख्यात छ । विश्व चर्चित ब्रान्डको स्वाद चाख्न नेपाली उपभोक्ताले फेरि पाउने भएका छन् । नेपालमा मात्रै होइन, थाइल्यान्ड, भियतनाम तथा चीनले उत्पादन गरिरहेका छन् ।
कोभिड र पोस्ट कोभिडले अर्थतन्त्र शिथिल बनाइरहेका बेला विदेशी कम्पनी आउनुले धेरै महत्व राख्छ । स्वदेशमै उद्योग स्थापना हुँदा नेपालको अर्थतन्त्रलाई पनि सघाउ पु¥याउने निश्चित छ ।
नवलपरासीको अमरापुरीमा ग्रिनफिल्ड उत्पादन सुविधासहित फ्याक्ट्री सञ्चालन गरेको सरस बेभरेजले करिब २ अर्ब लगानी गरेको छ । २५ बिघामा सञ्चालित फ्याक्ट्रीको उत्पादन क्षमता वार्षिक ५ करोड क्यान रहेको छ । बजारको मागअनुसार उत्पादन भइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले २५० एमएल क्यान उत्पादन गर्दै आएको छ । त्यस्तै प्रतिलिटर रेडबुलमा ५० रुपैयाँ राजस्व पनि तिर्छ । नेपाल र विदेशमा पाइने रेडबुलको स्वाद र गुणस्तर एउटै हुने कम्पनीको दाबी छ । जर्मन प्रविधि भए पनि स्थानीय कच्चा पदार्थका रूपमा नेपालको पानी प्रयोग हुने भएकाले परीक्षण गर्दा विदेशीभन्दा गुणस्तर अझ उत्तम देखिएको कम्पनीको दाबी छ ।
अहिले लगभग २ सयले रोजगारी पाएका छन् भने उत्पादन विस्तार हुँदै गर्दा रोजगारी पनि बढाउँदै लैजाने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा इनर्जी ड्रिंकका करिब १५ थरी उत्पादन छन् । तर, उपभोक्ता मूल्य मनपरी छ । कालोबजारी ऐनअनुसार करिब २० प्रतिशत मात्रै मुनाफा राख्न पाइन्छ । बजारमा पाइने इनर्जी ड्रिंकमा ५० प्रतिशतसम्म मुनाफा राखेको देखिन्छ । खुद्रा विक्रेताले पनि मनलाग्दी नाफा लिने गरेका छन् ।
सरस बेभरेजले २५० एमएल क्यानको मूल्य ११० रुपैयाँ राखेको छ । सन् २०१८ मा प्रतिक्यानको मूल्य ९६ रुपैयाँ थियो । ५ वर्षको अन्तरालमा मूल्य १४ रुपैयाँ मात्रै बढाएको छ । कम्पनीले रेडबुलले जीवनशैली फुर्तिलो बनाउने दाबी गरेको छ ।
नक्कलीदेखि सावधान
ठूला ब्रान्डका उत्पादनमा उपभोक्ताले विश्वास गर्छन । त्यही कारण ब्रान्डको दुरुपयोग गर्दै केहीले नक्कली वस्तु उत्पादन गर्छन । यसले सक्कली उत्पादनका साथै उपभोक्तालाई पनि नोक्सानी गरिरहेको हुन्छ । त्यसलाई नियन्त्रण गर्नु राज्यको दायित्व हो । ट्रेडमार्क दुरुपयोगको सबैभन्दा बढी मार रेडबुललाई परेको छ । ब्जारमा रेडबुलको क्यानको साइज, कलर, लोगो सबै हुबहु बनाएर सर्वसाधारणलाई ठग्ने काम भएको छ ।
रेडबुलजस्तै देखिने, रेडबक्स, रेड ब्लु लगायत ब्रान्ड बजारमा छन । ती ब्रान्डले सर्वसाधारणलाई झुक्याउने काम गरिरहेका छन् । त्यसैले रंग हेरेर पहिचान गर्न कम्पनीले आग्रह गरेको छ ।
नेपालमा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ पहिलो संशोधन २०४४ अनुसार आधिकारिक कम्पनीको अनुमतिबिना ट्रेडमार्क प्रयोग गर्न पाइन्न । ऐनको दफा १९ ले गैरकानुनी ढंगबाट ट्रेडमार्क प्रयोग गर्न नपाइने उल्लेख गरेको छ भने दफा १८ (ख) ले उद्योग विभागमा दर्ता नगराई कुनै ट्रेडमार्क पनि रजिस्टर्ड ट्रेडमार्कका रूपमा प्रयोग गर्न पाइँदैन । बिनाअनुमति ट्रेडमार्क प्रयोग गरिए जरिवाना र सामान जफत गरिने ऐनमा उल्लेख छ । तर, राज्यले कानुनको कार्यान्वयन प्रभावकारी ढंगले गर्न सकेको छैन । जसका कारण सक्कली कम्पनीले मार खेपिरहेका छन् ।