Logo
Logo

रमेश खरेलले सुरु गरे सुशासन अभियान


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, २९ फागुन ।
नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’को घोषणा गरेका छन् । अभियान सञ्चालनका लागि खरेलको संयोजकत्वमा केन्द्रीय तर्दथ कार्यकारी परिषद् पनि गठन गरिएको छ ।

कार्यकारी परिषद्मा पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्रप्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ रहेका छन्।

अभियान सञ्चालनका लागि विभिन्न कार्यक्रमहरुको पनि घोषणा भएको छ। यसका लागि भ्रष्टचार अन्त्यका लागि देशव्यापी रुपमा नागरिक खबरदारी कार्यक्रम गर्ने, सुशानको लागि दबाबमूलक नागरिक कार्यक्रम गर्ने,निर्वाचन प्रणालीमा व्यापक सुधार गरी सदाचार र इमानदारिताको कदर गर्न दबाबमूलक कार्यक्रमहरु गर्ने,नेपाल र नेपालिको हितमा नदेखिएका संवैधानिक प्रावधान र व्यवस्थापनमा सुधार तथा संशोधनका लागि केन्द्रित भई छलफल गरी साझा धारणा बनाउने लगाउने रहेको छ।

प्रभाव र प्रलोभनमा गर्ने गराइने धर्म परिवर्तनमा रोक,राजनीतिक अपराधीकरणको अन्त्य लगायतका काम अभियानमा राखिएका छन् । यसलाई नागरिक समाजको एक अंगका रुपमा अघि बढाइने खरेलको भनाई छ ।
चुप लागेर बस्दा देश झन् बिग्रदै गएकाले आफू भ्रष्टाचारविरुद्ध बोल्न अघि सरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्