Logo
Logo

खेल्दै गरेका बालकको टिपरको ठक्करबाट मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

भक्तपुर, १ चैत । चाँगुनारायण–९ स्थित जय ब्रम्हायणी इँटाभट्टामा खेल्दै गरेका एक डेढ वर्षे बालकको सोही इँट्टाभट्टामा माटो बोक्ने बा५ख ७९७१ नंको मिनीटिपरको ठक्करबाट मृत्यु भएको छ ।
मृत्युहुनेमा सर्लाही जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानको १८ महिने छोरा शिशिर मोक्तान रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । मध्यपुर अस्पताल ठिमी पु¥याउने क्रममा बालकको मृत्यु भएको जनाइएको छ ।
प्रहरीले सवारी साधन र सवारी चालक भक्तपुर नगरपालिका–९ च्यामासिं बस्ने ४० वर्षीय श्याम फैजुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्