Logo
Logo

महामारी नियन्त्रण गर्न ट्रम्पद्वारा ‘राष्ट्रिय संकटकाल’ घोषणा


(एएफपी)

0
Shares

 

वासिंगटन, १ चैत (एएफपी) । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न ‘राष्ट्रिय संकटकाल’ घोषणा गरेका छन् ।
विश्व स्वास्थ्य संगठनले शुक्रबार युरोपलाई कोरोनाभाइरसको नयाँ केन्द्रबिन्दु घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राज्य सङ्कटकालको घोषणा आएको हो । संकटकालको घोषणा गर्न ट्रम्पले ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् प्रत्यक्ष सम्बोधन गरेका थिए ।
अमेरिकामा एक हजार ७०१ जनामा कोरोना भाइरस संकmमण भएको पुष्टि भइसकेको छ भने ४० भन्दा बढीमा कोभिड–१९ कै कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकाका विभिन्न राज्यले कोरोना भाइरस सङ्क्रमणको दर नियन्त्रण गर्न विभिन्न उपाय अपनाइएको छ । त्यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ ।
विश्व स्वास्थ्य सङ््गठन कोरोना भाइरस संकमणबाट हुने रोग अर्थात् कोभिड–१९ लाई विश्वव्यापी माहामारीको संज्ञा दिइसकेको छ । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेइ प्रान्तको उहान शहरबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणको महामारीको केन्द्रबिन्दु अहिले युरोप भएको छ ।
इटलीमा २४ घण्टामा सर्वा्धिक २५० जनाको मृत्यु भयो । अहिलेसम्म त्यहाँ कुल १,२६६ जनाको मृत्यु भइसकेको छ भने १७,६६० मा सङ्क्रमण पुष्टि भएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्