Logo
Logo

प्रधानमन्त्री स्वास्थ्य परीक्षण गर्न शिक्षण अस्पतालमा


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
सफल मिर्गौला प्रत्यारोपणपछि उनी शुक्रबार डिस्चार्ज भएका थिए । शल्यक्रिया गर्दा पेटभित्र राखिएको स्टेन्ट निकाल्नलाई उनी अस्पताल आएको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खड्काले बताएका छन् ।
प्रधानमन्त्री ओलीको स्टेन्ट निकालेपछि आइतबार नै बालुवाटर फर्किनेछन् । साँझ ५ बजे सार्क राष्ट्रबीच हुने भिडियो कन्फरेन्समा समेत प्रधानमन्त्री सहभागी हुने बताइएको छ । २१ फागुनमा प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्