Logo
Logo

असिनाले लागेर बालकको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

अर्घाखाँची, २ चैत । शितगंगा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले लागेर मृत्यु भएको छ ।
नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
सुस्त मनस्थितिका नेपाली शनिबार दिउँसो रजियाको रातामाटाको घरबाट हिँडेको र डोहोटेको कुँडुले जंगलमा बाटोको कुनामा मृत भेटिएका हुन् । बाक्लो असिनाले चुटेर नै बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्