Logo
Logo

‘कोरोनाका कारण देशमा अघोषित संकटकाल’


- दृष्टि न्युज/संवाददाता

0
Shares

file photo

काठमाडौं, २ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना भाइरसका कारण देशमा ‘अघोषित संकटकाल’ लागेको बताएका छन् । यस्तो बेलामा काम गरेन भनेर सरकारी निकायलाई दोष लगाउनुभन्दा कालोबजारी भएको देखिए सूचना दिन आग्रह गरेका छन् ।
आइतबार उपभोक्ता अधिकार दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले संकट टार्न सरकार सम्पूर्ण तयारीका साथ खटिएको बताए । उनले भने, ‘अहिले मुलुकमा अघोषित संकटकाल लागेको छ, संकट टार्न सबै निकाय दिनरात नभनी खटिरहेका छौँ । संकटका बेला सरकारलाई सबैको साथ र सहयोग चाहिएको भन्दै अहिलेको संकट सरकारयले कुनै पनि हालतमा टार्ने बताए ।
मन्त्री भट्टले संकटका बेला खाद्यवस्तु र इन्धन मौज्दात नराख्न समेत आग्रह गरे । उनले भने, ‘संकटका बेला उद्योग, वाणिज्य मन्त्रालयको काम महत्वपूर्ण हुन्छ । त्यसैले म र कर्मचारीहरु २४ घण्टे ड्युटीमा रहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्