Logo
Logo

टेलिकमको वार्षिकोत्सवमा संगीता पहाडीको झुटको खेती


252
Shares

काठमाडौं । नेपाल टेलिकमको वार्षिकोत्सवमा गोरखापत्रमा सूचना आयो । त्यो सूचनामा सञ्चारमन्त्री रेखा शर्मा, सचिव रामकृष्ण सुवेदीको शुभकामना राखिएको छ । त्यसपछि नेपाल टेलिकमको प्रबन्ध निर्देशक भन्दै संगीता पहाडी अर्यालको नाममा शुभकामना छ ।

वास्तवमा संगीता पहाडी टेलिकमको निमित्त प्रबन्ध निर्देशक हुन् । सुनिल पौडेलमाथि अख्तियार लागेपछि संगीतालाई निमित्तको जिम्मेवारी दिइएको हो । त्यसका लागि उनले आफूभन्दा वरिष्ठ टेलिकमका कर्मचारीलाई समेत उछिनेकी छिन् ।

संगीताले वार्षिकोत्सवको शुभकामनामा आफूलाई प्रबन्ध निर्देशककै रुपमा प्रस्तुत गरेपछि चासो बढेको छ । कर्मचारीहरुले उनको यो शैलीप्रति असन्तुष्टि जनाएको बुझिएको छ । संगीताले अहिले नै झुटको खेती गरेकी छिन् ।

संगीता पहाडी टेलिकममा निमित्त महाप्रबन्धक भएपनि उनका पति विश्वबन्धु पहाडी हावी छन् । उनी नै भित्री रुपमा शक्तिकेन्द्रमा दौडधूप गर्छन् । यस्तै स्वभाव भएकाले उनलाई नेपाली सेनाको फाष्ट ट्रयाकको जिम्मेवारीबाट हटाइएको थियो । सेनाका कर्णेल पहाडी अहिले विगतमा जस्तो महत्वपूर्ण जिम्मेवारीमा छैनन् । उनी शक्तिकेन्द्र धाउनमै समय बिताउँछन् । हालै प्रचण्डको नातिनीको विवाहमा पहाडी वर्षमान पुन र ओनसरी घर्तीसँगै देखिएका थिए ।

यसैगरी, संगिता निमित्त महाप्रबन्धकमा आएपछि सिंगल भेन्डरमा सक्रिय भएकी छिन् । उनी नेपाल टेलिकमलाई हानी पुर्याइरेकी छिन् ।

टेलिकमले बोर्डलाई पनि झुक्याएर काम बढाइरहेको छ । दुईसय वटा बीटीएसको सीसीआइसीसँग सिधै ठेक्का निकालेको छ । संगीताकै दबाबमा बिलिङको ठेक्का पनि चिनियाँ कम्पनी हुवावेसँग साँठगाँठ गरेर निकाल्न लागेको छ । यसमा करोडौंको चलखेल छ ।

त्यसो त संगीतालाई निमित्त दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार थिएनन् । उनलाई ठूलै दबाब परेको बुझिएको छ । उनी विगतमा दुईपटक टेलिकमको महाप्रबन्धकको प्रतिष्पर्धामा थिइन् तर असफल भइन् । त्यतिबेला उनको कार्यक्षमतामाथि प्रश्न उठाइएको थियो । उनी टेलिकममा बिलिङ र गुणस्तरसम्बन्धी इन्चार्ज नै थिइन् । सुनिल पौडेललाई अख्तियार लागेपछि संगीता वरियतामा चौंथोमा रहेपनि निमित्त पाउन सफल भइन् ।

प्रतिक्रिया दिनुहोस्