Logo
Logo

अमेरिकी दूतावासद्वारा सबै भिसा प्रक्रिया रद्द


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३ चैत । कोरोना भाइरसको विश्वव्यापी संक्रमणसँगै अमेरिकी दूतावासले सम्पूर्ण भिषा प्रक्रिया रोकेको छ । दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित अपोइन्टमेन्ट रद्द गरेको हो ।
अमेरिकी दूतावास नेपालस्थित आफ््नो अफिसियल फेसबुक पेजमा यसबारे जानकारी दिएको छ । दूतावासले आफ्नो पेजमा भनेको छ, ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्नेछौँ, तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौँ ।’
दूतावासले एमआरभी भिसा शुल्क जुन मुलुकमा भुक्तानी गरिएको छ, सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने जानकारी दिएको छ । साथै, अति आवश्यक कारणवश तुरुन्त यात्रा गर्न परे आकस्मिक अनुरोधका लागि दूतावासले उपलब्ध गराएको निर्देशनको पालना गर्न अनुरोध गरिएको छ । यो नियम ४ चैत अर्थात मंगलबारबाट लागू गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्