Logo
Logo

क्यानडामा सवारी दुर्घटना, दुई नेपाली विद्यार्थीको मृत्यु


5.8k
Shares

काठमाडौं । क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरस्थि हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटना हुँदा २ जना नेपाली विद्यार्थीको मृत्यु भएको हो ।

अन्टारियोमा रहेका नेपाली बेनुपराज भट्टराईका अनुसार मृत्यु हुनेमा लण्डनस्थित फेन्सअ अलेजमा अध्ययनरत सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती रहेका छन् ।

यद्यपि स्थानीय प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन । दुर्घटनामा १० जना घाइते भएको र तीमध्ये दुईजनाको अवस्था सिकिस्त रहेको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्