Logo
Logo

विकास बैंक र फाइनान्सका आधा दर्जन सीईओ र सञ्चालक कारवाहीमा


567
Shares

काठमाडौं । विकास बैंक र फाइनान्स कम्पनीका आधा दर्जन सीईओ र सञ्चालकहरु कारवाहीमा परेका छन् । नेपाल राष्ट्र बैंकले तोकेको नियम उल्लंघन गरेको भन्दै विकास बैंक र फाइनान्स कम्पनीका सीईओ, सञ्चालक समिति र अध्यक्षसहित आधा दर्जन भन्दा बढीलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा मुक्तिनाथ विकास बैंकका सीईओ, अध्यक्ष र सञ्चालक समिति नै रहेको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक, प्रोग्रेशिभ फाइनान्स र गुडबिल फाइनान्सको सञ्चालक समिति र सीईओमाथि नै कारवाही भएको छ । नारायणी डेभलपमेन्ट बैंकलाई दुई पटक संस्थागत कारवाही गरिएको छ । यता गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका सीईओ पनि कारवाहीमा परेका छन् ।

नेपाल राष्ट्र बैंकले यी संस्था, संस्थाका सीईओ, सञ्चालक समिति र अध्यक्षहरुलाई बिभिन्न नियमन उल्लंघन गरे वापत चालु आर्थिक बर्षको दोश्रो त्रैमासिक अवधीमा कारवाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस्