काठमाडौं, ४ चैत । प्राइम कमर्सियल बैंकले विभिन्न म्यानपावर व्यवसायीहरुलाई बैंक जमानत दिएको विषयलाई मिडियाले बंग्याएकोमा स्ष्टीकरण दिएको छ । बैंकले विज्ञप्ति जारी गर्दै भनेको छ– विना धितो बैंक जमानत जारी गरिएको भन्ने सन्दर्भमा बैंक जमानत एक प्रकारको गैह्र कोषमा आधारित कर्जा भएकोले विभिन्न बैंकहरुले कर्जा नीति तयार गरी जमानतको प्रकृति अनुसार निश्चित नगद मार्जिन वा धितोबाट सुरक्षण हुने गरी बैंक जमानत जारी गर्नै प्रचलन छ । बंैक जमानतको प्रकृति अनुसार बैंकलाई भविष्यमा आइपर्ने जोखिम मुल्यांकन गरि नगद मार्जिन वा धितो मार्जिनको अंश निर्धारण गरी बैंक जमानत जारी गरिन्छ । सामान्यतय बैंक जमानत जारी गर्दा जमानत प्रकृति हेरि जमानत रकमको केही अंशमात्रै नगद वा धितो सुरक्षणको रुपमा लिइने प्रचलन छ ।
त्यसैले यस बैंकले विगत १० वर्षबाट म्यानपावर कम्पनीहरुलाई आवश्यक बैंक जमानत जारी गरी बैंकिङ्ग कारोबार गर्दै आएको छ । यस्तो बैंक जमानत जारी गरिए बापत बैंकलाई भविष्यमा आइपर्ने दायित्व र जोखिम बारे पूर्ण जानकार र अनुभव रहेको छ । सोही अनुभव र ग्राहकको क्रेडिट हिस्टोरीको विश्लेषण गरी जोखिम न्यूनिकरणका उपायहरु अविलम्बन गरेको बैंकले जनाएको छ ।
बैंकले विभिन्न म्यानपावर कम्पनीहरुबाट नगद मार्जिनका अतिरीक्त घर जग्गा धितो समेत सुरक्षणको रुपमा लिइ बैंक जमानतका अतिरीक्त अन्य कर्जाहरु समेत उपलब्ध गराउँदै आएको छ । यस कारणले गर्दा बंैकसंग नगद मार्जिन बाहेक घर जग्गा समेत धितो सुरक्षणमा रहेको जानकारी दिएको छ ।
म्यानपावर कम्पनीहरुले नेपाल सरकारलाई रु १.५ करोड बराबरको बंैक जमानत पेश गर्नुका अतिरिक्त नेपाल सरकारको धरौटी खातामा रु ५० लाखको छुट्टै नगद जम्मा गरिएको छ र जम्मा गरिएको धरौटी रकम र बैंक जमानतको रकम समेतको भविष्यमा दायित्व आउने सम्भावना न्यून रहेको विज्ञप्तिमा भनिएको छ ।
बैंकले विगत १० वर्षबाट कारोबार गर्दै आएका म्यानपावर कम्पनीहरुलाई बैंक जमानत जारी गरिएको र यी म्यानपावर कम्पनीहरुको इजाजत पत्रको समेत आफ्नै किसिमको मुल्याकंन हुने भएको र बैंकमाथि आर्थिक दायित्व आइपरेमा यी व्यवसायीहरु कालोसुचीमा सुचिकृत हुन सक्ने एवं इजाजत पत्र समेत रद्द हुन सक्ने भएकोले बंैकमाथि कुनै प्रकारको दायित्व आउन नदिने कुरा बैंकको विज्ञप्तिमा उल्लेख छ ।