Logo
Logo

प्रमुख आयुक्तको खोजीमा अख्तियार


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ चैत । आगामी असोजबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अवकाश पाउँदैछन् । ६ महिनापछि आयोगको प्रमुख आयुक्त को हुन्छ भन्ने अन्योलता कायमै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व गृहसचिव प्रेमकुमार राईलाई बरिष्ठ आयुक्त बनाएर घिमिरेपछिको प्रमुख आयुक्त बनाउने योजना अघि सारेका थिए । सचिव राईको बिदाई कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले समेत उनलाई अवकाशपछि महत्वपूर्ण जिम्मेवारी दिने बताएका थिए । तर, पछिल्लो समय माहोल बिग्रिएको छ ।

एकातर्फ सहमति नहुँदा संवैधानिक परिषद्कै बैठक बस्न सकेको छैन । अर्काेतर्फ राईको नियुक्तिलाई लिएर नेकपाभित्रै भने विवाद छ । राई प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन् । निजामती प्रशासनमा इमान्दार र क्षमतावान कर्मचारीको छवी उनले बनाएका थिए । तर, नेकपाकै अर्का अध्यक्ष प्रचण्डले राईमाथि विश्वास गर्दैनन् । त्यहीकारण भावी प्रमुख आयुक्तमा नयाँ पात्रको खोजी भइरहेको छ ।

अख्तियारकै आयुक्त गणेशराज जोशी पनि प्रमुख आयुक्त हुने दौडमा छन् । उनी इमान्दार कर्मचारीका रुपमा चिनिन्छन् । विवादकै कारण आयोगमा आयुक्तका दुई पद रिक्त छन् । राजनारायण पाठक घुसकाण्डमा परेपछि एक पद डेढ वर्षअघि नै रिक्त भएको थियो । नवीन घिमिरे प्रमुख आयुक्त भएपछि एक आयुक्त पद रिक्त भएको दुई वर्ष नै हुन लागिसकेको छ । रिक्त आयुक्त पदमा पूर्व सचिव मात्र होइन पूर्व प्रहरी अधिकारी समेत लबिङमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्