Logo
Logo

सुरुभयो ६ दशकपछि नेपालमै हुलाक टिकट छाप्ने काम


2.2k
Shares

काठमाडौं । करिब ६ दशकपछि नेपालमै हुलाक टिकट छाप्ने काम सुरु गरिएको छ । जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुलाक सेवा विभागले टिकट छपाइको काम थालेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ११ अलगअलग डिजाइनका हुलाक टिकटमा टाँचा मारेर छपाइको काम सुरु गरेकबा थिए । विभागका अनुसार ६४ वर्षपछि पहिलोपटक नेपालमा हुलाक टिकट छाप्न थालिएको हो ।

प्रचलित खरिद कानुनअनुसार जनक शिक्षा सामग्रीसँग समन्वयमा विभागले छपाइको काम गरेको हो । विगतमा भारत, बंगलादेश र लातभियासँग टिकट खरिद गरिँदै आइएको थियो । नेपालमै छपाइ सुरु भएपछि अब समय, लागत र प्रकियामा सहज हुने विश्वास छ ।

आगामी दिनमा स्वदेशमा टिकट नेपालमै छाप्न सकिने विभागको भनाइ छ । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान बन्ने र आम्दानी पनि हुने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्