Logo
Logo

प्रशासकिय अधिकृतलाई भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ चैत ।
सुर्खेतको भेरीगंगा नगरपालिकाका प्रशासकिय अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । दुई लाख घुस लिएको अभियोगमा प्रशासकिय अधिकृत कमल पौडेल र खानेपानी तथा सरसफाई टेक्निसियन चित्र बहादुर के.सीविरुद्ध आयोगले ुमद्दा दायर गरेको हो ।


नगरपालिकाको वडा नं. ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले के.सी.लाई घुससहित पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा भेरीगंगा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलको आदेश योजना र निर्देशनमा खानेपानी तथा सरसफाई टेक्निसियन के.सी.ले उक्त नगरपालिकाको वडा नं. ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्नपश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुसररिसवत लिएको पुष्टि भएपछि प्रशासकिय प्रमुख पौडललाई पनि मुद्दा दायर गरेको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निजहरू कमलप्रसाद पौडेल र चित्र बहादुर के.सी.लाई बिगो रू. रू.२,००,०००र((दुइ लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्