Logo
Logo

कोरोना प्रभाव : एसईई परीक्षा स्थगित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ चैत । भोली बिहीबारबाट हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । बुधबार सरकारले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलने खतरालाई रोकथाम तथा नियन्त्रणका लागि एसईई स्थगित भएको शिक्षामन्त्री गिरिराजमणी पोखरेलले जानकारी दिएका छन् । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको अवस्थामा सरकारले विभिन्न सावधानी अपनाइरहेको छ ।
यसपटक चार लाख ८२ हजार परीक्षार्थी सहभागी हुने एसईईमा प्रदेश अनुसार फरक–फरक प्रश्नपत्र छापिएको थियो । परीक्षा अर्को निर्णय नभएसम्मका निम्ति स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्