Logo
Logo

पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गर्ने थप तीन पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ चैत । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालिकोटका अभिषेक गिरी भनिने टेक लोहार रहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए । उनीहरुलाई बिहीबार बेलुका पक्राउ गरिएको हो ।
गत फागुन २८ गते विस्फोट भएको थियो । सो दिन विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले मनोहरा सुकुम्वासी बस्तीबाट नेत्रविक्रम चन्द समूहका भक्तपुर जिल्ला सदस्य देवीबहादुर गुरुङलाई पक्राउ गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्