Logo
Logo

क्यानडामा निर्यात प्रवर्द्धनका लागि पहल गर्न नवनियुक्त राजदूतलाई चेम्बरको आग्रह


252
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले क्यानडामा निर्यात प्रवर्द्धनका लागि पहल गर्न नवनियुक्त राजदूत भरतराज पौड्यालसंग आग्रह गरेको छ । 

क्यानडाका लागि नवनियुक्त राजदूत पौड्यललाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा बिहीबार बिदाइ भेट गर्दै अध्यक्ष मल्लले मुलुकको निर्यात प्रवर्द्धन हुने गरी सहजीकरण गर्न आग्रह गरे । 

अध्यक्ष मल्लले भने, ‘नेपाली बस्तुहरूको निर्यातका लागि क्यानडा राम्रो बजार हुन सक्छ । खासगरी गरगहना, पस्मिना, कार्पेट, छुर्पी, घिउ लगायतका बस्तुहरूको निर्यात सहजीकरण गर्न सकियो भने विद्यमान व्यापार घाटालाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ, । ’

नेपालबाट निर्यात हुने बस्तुहरूको एकीकृत बिक्रीका लागि नेपाल हाउसको अवधारणामा जानुपर्ने अध्यक्ष मल्लले बताए । नेपाल र क्यानडाबीच सीधा व्यापारिक सम्बन्ध कायम हुने गरी व्यावसायिक वातावरण बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । यसका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने अध्यक्ष मल्लको भनाई छ । 

क्यानडामा पछिल्लो समय नेपाली विद्यार्थीको संख्या उच्च रहेको भन्दै अध्यक्ष मल्लले पढ्दै कमाउँदै नीति राज्यका लागि फलदायी हुनुपर्ने बताए । क्यानडामा रहेका एक नेपाली मार्फत एक पर्यटक भित्र्याउने गरी पहल गर्न सकिए नेपालको पर्यटन क्षेत्रमा लाभ पुग्ने अध्यक्ष मल्ले बताए ।

यस्तै क्यानडाका निजी क्षेत्रको लगानी भित्र्याउनका लागि समेत भूमिका निर्वाह गर्न अध्यक्ष मल्लले नवनियुक्त राजदूत पौड्याल समक्ष आग्रह गरे । उनले भने,  ‘नेपालले आगामी वैशाखमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्दै छ, नेपालको पूर्वाधार क्षेत्र, पर्यटन, ऊर्जा एवं सूचना प्रविधिको क्षेत्रका मुख्य मुख्य आयोजनाहरूमा लगानीका लागि पहल गर्न आवश्यक छ , ।’ 

लगानी सहजीकरणका लागि चेम्बर अफ कमर्सले पनि सहयोग गर्ने अध्यक्ष मल्लले बताए । चेम्बर पदाधिकारीसँगको भेटका क्रमम नवनियुक्त राजदूत पौड्यालले क्यानडामा आफ्नो मुख्य चोसो व्यापार सहजीकरण र नेपालमा लगानी अभिवृद्धि नै भएको बताए । त्यसका लागि नेपाल र क्यानडाको निजी क्षेत्रबीच बीटुबी भेटवार्ताका लागि आफूले पहल गर्ने पौड्यालले बताए । 

प्रतिक्रिया दिनुहोस्