Logo
Logo

साप्ताहिक पत्रिकाहरुको प्रकाशन स्थगित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ चैत । काठमाडौंमा प्रकाशित हुने केही साप्ताहिक पत्रिकाहरु स्थगित हुने भएको छ । साप्ताहिक पत्रिकाका सम्पादकहरुको शुक्रबार बसेको छलफलले यस्तो निर्णय गरेको हो । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९’को संक्रमणले विश्वव्यापी महामारीको रुप लिएको र त्यसले नेपालमा समेत असमान्य स्थिति सिर्जना भएकाले पत्रिका प्रकाशन बन्द गर्ने निर्णय गरेकोे जनाइएको छ ।
साप्ताहिक तथा पाक्षिक पत्रिकाको राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीको अध्यक्षतामा बसेको बैठकमा कोरोना भाइरस संक्रमण फैलिन तथा रोकथाम र नियन्त्रण गर्न सरकारले अपनाएको सर्तकतालाई ध्यानमा राख्दै ‘शेल्फ क्वारेन्टाइन’मा बस्न पत्रिका प्रकाशन स्थगित गर्नेबारे छलफल भएको थियो ।
यस अवधिमा प्रकाशन बन्द रहेका साप्ताहिक पत्रिकाहरुलाई वर्गिकरणमा सामेल गराउन नेपाल प्रेस काउन्सिललाई आग्रह गरिएको छ ।
‘कोभिड–१९ (कोरोना भाइरस)का कारण पैदा भएको विश्वव्यापीमहामारीले नेपालमापनिअसामान्य स्थिति रहेको ब्यहोरा यहाँमा अवगत नै छ । यस स्थितिमा पत्रपत्रिकाको नियमित प्रकाशन कार्य कठिन भएकोले यो असहजतालाई दृष्टिगत गरी प्रेस काउन्सिल नेपालले राहतस्वरुप विशेष निर्णय लिइदिन हामी आग्रह गर्दछौँ’ काउन्सिलाई लेखिएका पत्रका भनिएको छ, ‘यो असामान्य स्थितिका कारण पत्रपत्रिकाको प्रकाशन बन्द रहने अवस्था सिर्जना भएको जानकारी गराउँदै यस अवधिमा प्रकाशन बन्द रहेका पत्रपत्रिकाहरुलाई वर्गीकरणमा सामेल गराउने सन्दर्भमा ‘महाभूकम्प’ र ‘नाकाबन्दी’माझैँ विशेष व्यवस्था गरिदिनु हुनहार्दिक अनुरोध गर्दछौँ ।’
छलफलमा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ, देशान्तरका कवीर राणा, साँघुका गोपाल बुढाथोकी, घटना र विचार साप्ताहिककी सम्पादक बबिता बस्नेत नेपाली पत्रका कवीर जोशीलगायतका सम्पादकहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्