Logo
Logo

कृषि विकास बैंकका ग्राहकलाई ओम हस्पिटलमा १० प्रतिशत छुट


378
Shares

काठमाडौं । कृषि विकास बैंक र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच आपसी सेवा तथा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ । बैंकको केन्द्रीय कार्यालय, रामशाहपथमा भएको एक समरोहमा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र ओम हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कृषि विकास बैंकका खातावाला ग्राहकहरुले ओम हस्पिटल एन्ड रिसर्च सेन्टरको ओ.पि.डि. शुल्क बाहेकका अन्य सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन । साथै उक्त छुट सुबिधा कृषि विकास बैंकका कर्मचारी तथा कर्मचारी परिवारले पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, मार्केटिङ तथा सेल्स विभागका प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुखहरु कमल ओझा, सुदिल घिमिरे र ओम हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ वटै प्रदेशका ७७ जिल्लामा २८३ वटा शाखा कार्यालय, विभिन्न जिल्लामा १६ वटा एक्सटेन्सन काउन्टर रहेका छन् । बैंकले देशभर १२९ वटा एटिएम मेसिनहरुबाट पनि सेवा प्रदान गर्दै आइरहेको छ । बढदो डिजिटल प्रयोगलाई ध्यानमा राख्दै बैंकले आफ्नो मुल व्यवसाय कर्जा प्रवाह र जमानत सहित अन्य सेवाहरुलाई पनि डिजीटाइजेशन गर्दै लगेको छ ।

प्रतिक्रिया दिनुहोस्