Logo
Logo

पाल्पामा अत्याधुनिक डायलाइसिस सेवा सञ्चालन


- दृष्टि न्युज/संवाददाता

0
Shares

रापपुर, ८ चैत । पाल्पामा अत्याधुनिक सुविधा सम्पन्न डायलाइसिस सेवा सञ्चालनमा आएको छ ।
तानसेन नगरपालिका–५ स्थित बन्दीपोखरामा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले रोटरी क्लबको सहयोगमा डायलाइसिस सेवा सञ्चालनमा ल्याएको हो ।
शुक्रबार शुभारम्भका अवसरमा चार बिरामीले सेवा लिएका छन् । दशवटा अत्याधुनिक मेशिनसहित डायलाइसिस सेवा सञ्चालन गरिएको हो । करिब पाँच करोडको लागतमा मुटुरोगी तथा मिर्गाैला बिरामीलाई लक्षित गरी सेवा सञ्चालनमा आएसँगै पाल्पामा मिर्गौलासम्बन्धी उपचार नहुँदा बाहिर जानुपर्ने बाध्यता हटेको छ ।
हाल दैनिक ३० बिरामीको नियमित डायलाइसिस गर्न सकिने पाल्पा सेन्टरका संयोजक बाबुराम बोहराले बताउनुभयो । सेन्टरमा एक जना मेडिकल अधिकृत, १५ कर्मचारीबाट २४ सैँ घण्टा सेवा प्रदान गरिनेछ । हाल १० मेशिनबाट बिरामीको मिर्गाैला डायलाइसिस गरिने र आवश्यकताको आधारमा थप मेशिनसमेत सञ्चालन गरिने बताइएको छ ।
विगत पाँच वर्षदेखि बुटवल गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा २० वटा मेशिनबाट २४ सैँ घण्टा सेवा प्रदान गर्दै आएको संस्थाले गत एक महिनादेखि दाङको लमहीमा पनि दश वटा मेशिन जडान गरी सेवा दिन थालेको छ । रासस

प्रतिक्रिया दिनुहोस्