Logo
Logo

गाडी भाडामा ठगी गर्ने २८ पक्राउ, आइतबार अदालत पेश गरिँदै


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ चैत । कोरोना भाइरसको संक्रमण त्राससँगै शिक्षण संस्थाहरु बन्द भएपछि राजधानी छाड्नेको चाप बढेको । यसको फाइदा सार्वजनिक सवारीहरुले लिन थालेका छन् ।
यसैक्रममा सार्वजनिक यातायातको टिकटमा ठगी गर्ने २८ जना प्रहरीले पक्राउ गरेको छ । टिकट काउन्टरका कर्मचारीले सवारीसाधन अभाव देखाएर यात्रुसँग तेब्बरसम्म भाडा असुलेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
परिसरका डीएसपी हविन्द्र बोगटीका अनुसार उनीलाई आइतबार अदालतमा उपस्थित गराइनेछ । टिकट काउन्टर र बसपार्कमा यात्रुको चाप बढेसँगै गाडी ग्यारेजमा राखेर यात्रुसँग बार्गनिङ गर्ने, बढी भाडा असल्ने गरेको पाएपछि पक्राउ गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्